Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


नगरविकास कोष र वालिङ नगरपालिकाबीचकाे सम्झौतामा नुमना बसपार्क बन्ने


364
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ ।

वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेसँगै समस्या समाधान हुने भएको हो ।

सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

नगर प्रमुख खाँणका अनुसार कुल सम्झौता रकममध्ये नगरविकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो । त्यसैगरी, ४ करोड २९ लाख ६४ हजार ९सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्नेछ ।

देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेको अवस्थामा यो सँगै बसपार्क निर्माणको कामले सार्थकता पाउने भएको छ ।

सम्झौता कार्यक्रमपछि नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटीको नामले परिचित वालिङमा बसपार्कको समस्या छ भन्न पनि अफ्ठ्यारो हुने अवस्था अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माण भएपछि नागरिकले निर्वाध हिडडुल गर्न पनि नपाएको अवस्था टर्ने विश्वास व्यक्त गर्नुभयो ।