मुग । मुगुमा धार्मिक मेला सुरु भएपछि ग्रामीण बस्तीमा रौनक बढेको छ ।
कोरोना महामारीका कारण तीन वर्ष अघिदेखि हुन नसकेका गुरादेव, विजयगुरादेव लगायतका मेलाहरु सुरु भएका हुन् ।
मुगुको छायानाथ रारा नगरपालिका, सोँरु गाउँपालिका र खत्याड गाउँपालिकामा आइतबार असोज नवमीका दिनबाट असोज पूर्णिमासम्म मेलाहरु सुरु भएका हुन् ।
कुनै पीडितले न्यायका लागि गुरादेवतासँग भाकल गरेमा गुरादेवताले न्याय दिलाउने विश्वासले गुरादेवतालाई न्याय दिने देवताका रुपमा पनि मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्