Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


धुले सडक खण्डको स्तरोन्नति काम सुरु


533
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ ।

संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडक निर्माणको शिलान्यास गर्नुभएको हो ।

सडक स्तरोन्नतिसंगै पर्यटकको आगमनमा वृद्धि हुने भएकाले गुणस्तरीय सडक निर्माण गर्न उहाँले निर्देशन दिनुभयो ।

सडकको लागत ४० करोड ९० लाख रुपियाँ रहेको छ । यो सडक प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको हो । निर्माण कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।