Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


चथा: चख नेवार समुदायमा मनाइँदै


91
Shares

काठमाडौं । गणेश चतुर्थी चथाः चख नेवार समुदायले घर-घरमा मनाउँदै छन् ।

चथाः आज जसरी मनाइयो मोहनी दशैँ पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाः लाई निकै महत्वका साथ लिइन्छ ।

कल्याणमस्तु गणेश सिहं वाहन भएको मूर्ति र मौलिक चित्रमा विशेष पूजा गरि राती चन्द्रमा उदाएपछि खुँ द्यः र यमा द्यः लाई समेत पूजा गर्ने गरिन्छ ।

गणेशलाई कुलकुण्डलिनी तन्त्र र मुलाधार चक्रको रुपमा तन्त्र साधना गरि पुजा गर्ने चलन नेपाल मण्डलमा रहेको छ । वज्रयानी बौद्ध तन्त्र परम्परा अनुसार गणेशलाई अवलोकितेश्वरको रुपमा पुज्ने गरिन्छ ।

विशेष गरि आज भुटेको आरुको बियाँ, मकै, भटमास, बकुला, फर्सीको बियाँ र केराउ लगायतका विभिन्न थरीका गेडागुडीको हलिमली खाने गरिन्छ ।

जनै पुर्णिमाको दिन गेडागुडी पकाएर खाइन्छ भने आजको दिन भुटेर टोलटोलमा मन्दिर अगाडि हलिमली राखी प्रसादका रुपमा बाँडेर खाने चलन छ ।