 
	    काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।
म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ । नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको हो ।
दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्