Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


सुरक्षित उपत्यका बनाउन कानून कार्यान्वयन र अपराध नियन्त्रणका लागी लागेको प्रहरीको दाबी


247
Shares

काठमाडौं । उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले कानून कार्यान्वयन र अपराध नियन्त्रणका लागी प्रहरी संगठन निर्ममता पुर्वक लागेर सुरक्षित उपत्यका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज बाँसबारीले गरेको स्वागत तथा शान्ति सुरक्षा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी थापाले कानून कार्यान्वयन र अपराध नियन्त्रणका लागि आफूहरु निर्ममतापूर्वक लागेर सुरक्षित उपत्यका बनाउने बताउनुभएको हो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगन्ज बाँसबारीले आज राजधानिमा स्वागत तथा शान्ती सुरक्षा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नवनियुक्त प्रहरी प्रमुखहरुलाई स्वागत गर्नुका साथै समाजमा देखिएको नयाँ खालका अपराधबाट कसरी बच्ने भन्ने विषयमा सुझाव दिइएको थियो ।

स्वागतको क्रममा बोल्दै काठमाडौं प्रहरी परिसर नवनियुक्त प्रमुख भुपेन्द्र खत्रीले समाजमा शान्ती सुरक्षा दिने काममा सामुदायिक सेवाकेन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा महाराजगञ्ज प्रहरी बृतका प्रमुख अमरबहादुर थापाले दिनप्रतिदिन बढ्दै गएको बैकिङ्ग कसुर अपराधको अवस्था र त्यसबाट बच्ने उपाए बारे जानकारी दिनुभयो । कार्यक्रममा प्रहरीका पूर्व अधिकारी लगायत समाजसेवी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।