Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौं : उपाध्यक्ष कटुवाल


156
Shares

काठमाडौं । निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताउनुभयो । उहाँले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने बताउनु माग गर्नुभयो । उहाँले बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताउनुभयो ।

उहाँले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताउनुभयो ।

कार्यवाहक अध्यक्षसमेत रहनुभएका कटुवालले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी नल्याउन आग्रह गर्नुभयो ।