Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


आज २० औं निजामति दिवस मनाइँदै


429
Shares

काठमाडौं । २० औं निजामति दिवस आज मनाइँदै छ ।

२०६० सालदेखि मनाउन लागिएको निजामति दिवसको यो वर्षको नारा “व्यावसायिक र सिर्जनशील प्रशासनविकास, समृद्धि र सुशासन” भन्ने तय गरिएको छ ।

यस अवसरमा सरकारले ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कृत हुने ४० कर्मचारीको नाम टुंगो लगाएको हो ।

जस अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार दिइने छ । यो वर्ष पनि सवोत्कृष्ट निजामति कर्मचारी फेला नपरेका कारण उक्त पुरस्कार नदिइने भएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का छन् ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्रसाद लामिछाने, मालपोत कार्यालय खाँदवारीका मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्यूटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभ लक्ष्मी लामा पनि उत्कृष्ट निजामति पुरस्कार पाउने कर्मचारीको सूचिमा परेका छन् ।