Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


कृष्णनगरमा खरको छाना मुक्त अभियान


104
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ ।

आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छाना मुक्त बनाउन लागेको हो ।

खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले तीन वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाएको छ ।

नगर प्रमुख रजत प्रताप शाहले यस चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ४० घरपरिवारको खरको छानो मुक्त घर निर्माण गरिने योजना रहेको जानकारी दिनुभयो ।

निर्वाचनका बेला जनतालाई दिएको वाचासमेत पूरा गर्न लागेको बताउँदै उहाँले २ करोडको बजेटबाट जस्तापाता, पाइप लगायत सम्पूर्ण घर फिटिङका सामग्रीसहित घर निर्माण गरिने बताउनुभयो ।