Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


यस्तो छ आजको मौसम


1k
Shares

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशसहित वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, वागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।