१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


धादिङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु


5.72k
Shares

काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान ११ बजे तिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा उद्धार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको पनि प्रहरीले जनाएको छ ।