 
	    सर्लाही । सर्लाहीमा लामो प्रतिक्षापछि आजबाट राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले, लालबन्दी नगरपालिका–६, निवासी पूर्व पत्रकार शंकर श्रेष्ठलाई कार्ड हस्तान्तरण गरी वितरण कार्य शुभारम्भ गर्नुभएको हो ।
सीडीओ कार्यालयमा आएर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र प्राप्त भएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले परिचय पत्र छापिएर आएपछि आ–आफ्नो मोबाइलमा म्यासेज आउने भएकाले म्यासेज प्राप्त भएका सेवाग्राहीलाई कार्यालयमा आएर परिचय पत्र बुझ्न आग्रह गरेको छ ।
टोली खटिएर विवरण सङ्कलन गरेकाहरुको भने परिचय पत्र छापिएर आउनै बाँकी छ । जिल्लामा राष्ट्रिय परिचयपत्रकालागि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवाबाट नियमित विवरण लिने काम भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्