Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने


18.4k
Shares

काठमाडौं । सरकारले आगामी साउन १ गते अर्थात सोमबारदखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ ।

सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको जनाएको हो ।

भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील पनि गरेको छ । भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो । यो जानकारीपछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको हो ।

विभागका प्रवक्ता सुदीप भट्टराईले जारी गरेको विज्ञप्तिमा सरकाले मागअनुसार बुके र शुल्क नबुझाएकाले अला कार्ट प्रणाली लागु गर्न अवरोध देखिएको उल्लेख छ । सरकारले २८ असारसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने विदेशी च्यानलहरुले बुके र यस्तो बुकेमा रहने च्यानलको प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य बुझाउनुपर्ने नियम बनाएपनि कोही पनि तयार भएनन् ।

उनीहरु सरकारले मागअनुसारको बुके र त्यसको मूल्य बुझाउन तयार नभएपछि सरकार सबै सशुल्क विदेशी च्यान रोक्ने निष्कर्षमा पुगेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ चैत, २०७९ मा टेलिभिजन सेवामा ‘अला कार्ट’ मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

Skip This