Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


काठमाडौंमा महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ


8.7k
Shares

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझी र भारत पश्चिम बंगालका श्रीकान्ता माईतीलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पछिल्लो एक महिनायता विशेष गरी मेर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयो ।

लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजि भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताउनुभयो ।