 
	    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा आइतबार ६ खेल हुँदैछन् । आइतबार पुरुष र महिलातर्फ ३–३ खेल हुन लागेका हुन् ।
आइतबारका खेलहरुमा पुरुषतर्फ हेल्प नेपाल र सैलुङ बागढुंगा स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र दावाली मिलन तथा गण्डकी प्रदेश र एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, महिलातर्फ एपिएफ र गण्डकी, न्यु डायमन्ड र एभरेष्ट क्लब तथा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिनको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गरेको छ ।
तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले सैलुङमाथि २५–१२, २५–१५ र २५–१९ को सहज जित निकालेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्