Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


आवेदन रद्द गर्न सि-आस्बा र बैंकमा जानैपर्ने

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च

6.8k
Shares

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ ।

सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो ।

आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मुल्य राखेर जारी गरेको आइपीओमा फर्जी खरिदकर्ता पैदा गरेर चलखेल भएपछि धितोपत्र बोर्डले आइपीओ स्थगन गरि दिएको थियो ।

केही समय अनुसन्धान गरेको देखाउँदै बोर्डले ३ दिन मौका दिनु भनेर दिएको निर्देशनलाई घोराहीले सार्वजनिक बिदाको दिन पारेर पैसा फिर्ता लिन शुक्रबार सार्वजनिक सूचना निकालेको छ ।

शनिबार सार्वजनिक बिदा परेको दिनमा त्यो पनि बैंकमा नै गएर पैसा फिर्ता लिनुपर्ने झन्झटिलो प्रावधान राखेर घोराहीले सर्वसाधारणको पैसा ट्रयापमा पार्न खोजेको आरोप लागेको छ ।

आइपीओ भर्दा खेरि अनलाइन र डिजिटल प्रविधि अपनाउन दिएको घोराही सिमेन्टले बैंकमा नै भौतिक रुपमा उपस्थित हुनुपर्ने र निवेदन लेखेर दिनुपर्ने प्रावधान राखेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।