काठमाडौं । विभिन्न यातायात ब्यवसायी आवद्ध समिती राष्ट्रबादी केन्द्र नेपालले विभिन्न माग राख्दै गरेको आन्दोलनले आज काठमाडौको माछापोखरी क्षेत्र तनाव ग्रस्त बनेको छ ।
आन्दोलनका कारण बालाजु माछापोखरी सडक हुँदै आवत जावत गर्ने सवारी अवरुद्ध भएका थिए । यातायात ब्यवसायीले बैंक आतंक र ट्राफिक आतंक धेरै भएको भन्दै आफूहरुको जीवन यापनमा समस्या भएको भन्दै आन्दोलन गरेको बताएका थिए ।
आन्दोलन राजधानी मात्र केन्द्रीत नभई देशभर नै गर्ने तयारीमा रहेकी राष्ट्रबादी केन्द्र नेपालले जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा सरकार पक्षले हस्तक्षेपगरे देशैभर बाटोमा सवारी साधन तेर्साएर अवरोध पुर्याउने उनीहरुको चेतावनी समेत थियो ।








प्रतिक्रिया दिनुहोस्