Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


भरतपुरले अबदेखि विद्युतीय सवारी साधन मात्र खरिद गर्ने


1.6k
Shares

चितवन । भरतपुर महानगरपालिकाको तेह्रौ अधिवेशन आइतबार हुँदैछ। यस वर्ष महानगरपालिकाले सडक पूर्वाधारसँगै विद्युत् खपत बढाउन उज्यालो भरतपुरलाई प्राथमिकतामा राख्दैछ।

सोही अनुरूप भरतपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारीसाधन मात्र खरिद गर्ने तयारी गरेको छ। ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत गर्ने’ नीति अनुरूप विद्युतीय सवारीसाधनको प्रयोग बढाउन यस्तो नीति ल्याउन लागेको हो।

आइतबार हुन लागेको आर्थिक बर्ष २०८०/०८१को नीति तथा कार्यक्रममार्फत महानगरपालिकाले यस्तो ल्याउँदै छ। विद्युतीय सवारीसाधनको सहज चार्जिङका लागि पाँच स्थानमा चार्जिङ स्टेसन राख्ने गरि नीति ल्याउन लागेको महागनरपालिका स्रोत बताउँछ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।