३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता राख्दैन : कृषिमन्त्री भुसाल


260
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता नराख्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेपालमा फलफूल उत्पादन र उत्पादन खरिद गर्नुपर्ने कुरा उठेपनि सरकारले खरिद गर्न नसक्ने बताउनु भयो । मन्त्री भुसालले सरकारले उत्पादन खरिद गर्ने भए व्यापार गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले व्यापार नगर्ने भन्दै व्यापार गर्न सम्भव नरहेको पनि बताउनु भयो। उहाँले सरकारले उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने काम मात्रै गर्नसक्ने बताउनु भयो । उहाँले सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही वस्तु बिक्रीवितरण गरिरहेको भन्दै क्षमता भन्दा बाहिर काम गर्न नसक्ने बताउनु भयो । मन्त्री भुसालले सरकारले खारेज गरेको दुग्ध विकास बोर्ड र कपास विकास समितिका विषयमा छलफल भइरहेको बताउनु भयो। उहाँले कृषि पशुपंक्षी विकास मन्त्रालयबाट खारेज हुनुपर्छ भन्ने प्रस्ताव नगरेको बताउनु भयो। भुसालले रासायनिक मल निजी क्षेत्रलाई गुणस्तरियताको ग्यारेण्टी र अनुदान दिने निश्चितता नभएसम्म दिन नसकिने बताउनु भयो।

उहाँले उत्पादन वृद्धि गर्न किसानलाई अनुदान चाहिन्छ भन्ने र निजी क्षेत्रलाई मल आयात गर्न दिँदा किसानले अनुदान पाउन नसक्ने बताउनु भयो। उहाँले सरकारले रासायनिक मललाई अत्याश्वयक वस्तुको सेवामा राखेर आयात र वितरण गरिरहेको बताउनु भयो । उहाँले मल वितरणमा स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो।

उहाँले कालिमाटी तरकारी बजारमा टमाटर किसान वा व्यापारी कसले फालेको हो भन्ने कुराको छानबिन गर्ने बताउनु भयो। उहाँले टमाटार किसानले नभएर राजनीतिक प्रेरित भएर फ्याकिएको बताउनु भयो । उहाँले कालिमाटीको फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति बैठक बसेर बजार व्यवस्थित गर्न,टमाटरको मूल्यमा किसानबाट खरिद गर्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको बीचको अन्तर घटाउन र बजारमा किसानसँग खरिद गर्ने,थोक बिक्री गर्ने मूल्य र खुद्रा बिक्री मूल्य टाँस्न निर्देशन दिएको बताउनु भयो ।