Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो बन्छ : सचिव अधिकारी


65
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बन्ने प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो हुने बताएको छ ।

बुधबार काठमाडौंमा संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विश्व परिवेशलाई मध्यनजर गरेर नै अहिलेको प्रतिलिपी अधिकार बनाइने प्रतिवद्धता जनाउनुभयो ।

सचिव अधिकारीले प्रतिलिपी अधिकारमा केही दण्ड सजायका विषयहरु समावेश हुने मागलाई सम्बोधन गर्नेपनि बताउनुभयो । उहाँले अधिकारीले अबको प्रतिलिपि अधिकार ऐन अनुभव प्राप्त विज्ञहरुले दिएका सुझावका आधारमा बन्ने बताउनुभयो ।