Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


उपप्राध्यापक चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका व्यक्ति पक्राउ

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा : प्रेम चलाउने

455
Shares


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बस्नुभएको छ । धर्नास्थलमा वैशाखी टेकेर पुग्नुभएका उहाँले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको बताउनु भयो ।

उहाँले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताउनु भयो । उहाँले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताउनु भयो । उहाँले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताउनु भयो । उहाँले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताउनु भयो । उहाँले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताउनु भयो ।

२०७७ असोज २० मा त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो। आफूमाथि आक्रमण गरेको भन्दै चलाउनेले आक्रमण गर्ने नेबिसंघका बिद्यार्थी बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गर्नुभएको थियो । तर मुद्दाको पेशी असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र गत आइतबार अदालतमा पुगेको थियो ।मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन भन्दै चलाउने लगायत उनी पक्षधर ब्यक्तिहरु धर्नामा बसेका हुन् ।