Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


अभिनेत्री सामन्था हलिउडमा डेब्यु गर्दै


1.4k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले हलिउड फिल्ममा डेब्यु गर्ने भएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामन्थाले हलिउड फिल्म ‘चेन्नई स्टोरी’ बाट हलिउडमा डेब्यु गर्न लागेकी हुन् ।

टिमरी एन मुराको उपन्यास ‘द अरेन्जमेन्ट अफ लभ’ मा आधारित फिल्मको कथा हुने बताइएको छ। फिलिप जोनले निर्देशन गर्ने यस फिल्ममा विवेक कालराको पनि मुख्य भूमिका रहनेछ।

यो फिल्ममा दक्षिण एसियाली वेल्सम्यान (विवेक कालरा) को कथा देखाइने छ। जो आफ्नो बुवालाई खोज्न चेन्नईको यात्रामा निस्कन्छन्। त्यही क्रममा उनी एक जासुसको सहयोग लिन्छन्। सामन्था जासुसको भूमिकामा देखिने समाचारमा उल्लेख गरिएको छ ।

फिल्म ‘पुष्पा’को ‘उ अन्तावा’ गीतबाट चर्चामा आएकी सामन्थाले हाल सर्बियामा वरुण धवनसँग ‘सिटाडेल’को छायांकन गरिरहेकी छिन्, जुन प्रियंका चोपडाको सोही नामको वेब सिरिजको भारतीय संस्करण हो ।

‘सिटाडेल’ छायांकन सकिएपछि उनी आफ्नो हलिउड डेब्यू फिल्ममा काम गर्नेछिन्।