Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुने


11.2k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ ।

सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै यस्तो बताएको हो ।

सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ ।

त्यस्तै, अर्थमन्त्री महतले नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेकका नयाँ भवन निर्माण नगर्ने, इन्धन कार्यालय सम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने, नेपाल सरकारबाट अनिवार्य रुपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहीत गर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले सवारीसाधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाउने, सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकेको मापदण्डको आधारमा एकमुष्ट नगद नै प्रदान गर्ने बताउनुभयो ।