काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्न व्यक्ति हुन् ।
चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै केसी काठमाडौंका हुन् । दुवैबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
यही कसूरमा केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्