Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


अनमिको घरमा अवैध प्रसूति सेवा


1.8k
Shares

सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अवैध रुपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ । शिवराज नगरपालिकाको वीरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसूति सेवा सञ्चालन गरिरहेकाे स्थानीयले गुनासो गरेका छन् ।

पहुँचको भरमा सञ्चालन गरेको प्रसूति सेवाको कसैले विरोध गर्न सकेका छैनन् । श्रीमानको संरक्षणमा वर्षाैदेखि विना दर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिरहेका नाम नखुलाउने शर्तमा एक स्थानीयले भने ।

स्वास्थ्य चौकी विरपुरमा २४ सै घण्टा प्रसुती सेवा सञ्चालन भए पनि उनले आफ्नै घरमा विना दर्ता प्रसूति सेवा सञ्चालन गर्दै आएकी छन्। यसबारे शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले पटक–पटक यस्तो गुनासो आएपछि सेवा सञ्चालन नगर्न वा दर्ता प्रक्रिया पुरा गर्न बारम्बर सुझाएको बताउनुभयो ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसूती कार्य शून्यमा ल्याउने निति अवलम्बन गरेको छ । यता अनमी पोख्रेलले तालिम लिए पनि घर प्रसूति सेवा नदिएको जिकिर गरिन् । अरूले आरोप लगाए पनि आफूले कसैसँग पैसा नलिएको जनाउँदै स्थानीय भएको हिसाबले अप्ठ्यारो परेका मुस्लिम समुदायका केही महिलालाई सेवा दिएको उनको भनाइ छ ।