Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


उमेर ६६ वर्ष, कक्षा ७


91
Shares

रामेछाप । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ ।

ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डोर्याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन् महत दम्पती । मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र बैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको ।

‘बालखैमा पढ्न त मन थियो नि पाइएन । अब यही उमेरमा भए पनि पढाइको तिर्सना मेट्न मन लाग्यो ।’ मोहनबहादुरले भने ‘पढाइबिना केही नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।’ महत दम्पतीजस्तै महिला स्वयंसेविका पनि विद्यालयमा भर्ना जान थालेका छन् । नेपाल सरकारले महिला स्वयंसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरेसँगै महिला स्वयंसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।