Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


आठौं राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


65
Shares

काठमाडौं । आठौं राष्ट्रिय पत्रकारिता दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।

‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सु–सूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गर्ने भएको हो ।