२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गुजरात प्लेअफ नजिक


962
Shares

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले ईन्डियन प्रियिमर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ ।

शुक्रबार राति राजस्थानको घरेलु मैदानमा भएको खेलमा गुजरातले राजस्थानलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको हो ।

जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १३ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

गुजरातका लागि ऋद्धिमान शाहले अविजित ४१, कप्तान हार्दिक पान्ड्याले अविजित ३९ तथा शुभमन गिलले ३६ रन बनाए ।

राजस्थानका युजभेन्द्र चहलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान १७ दशमलब ५ ओभरमा १ सय १८ रनमा अल आउट भयो ।

राजस्थानका कप्तान सन्जु सामसनलले ३०, ट्रेन्ट बोल्टले १५, यशस्वी जैसवालले १४ तथा देवदत्त पाडिक्कलले १२ रन बनाए । राजस्थानका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

गुजरातका लागि राशिद खानले ३, नुर अहमदले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान १/१ विकेट लिए ।

गुजरात १४ अंकका साथ शीर्ष स्थानमा रहँदा राजस्थान १० अंकका साथ चौथो स्थानमा छ ।