 
	    काठमाडौं । जनकपुरधाममा उपचार गराउन ल्याएकाे समयमा फरार भएका महोत्तरीकाेजलेश्वर कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन् ।
महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन् । उनलाई खोज तलास गर्ने क्रममा साेमबार राति जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तले जनाएकाे छ । यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दाहरूमा महोत्तरी जिल्ला अदालतमा विचाराधिन रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारकामा रहेका यादव बिरामी भएपछि गत चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी चिकित्सक मनोजप्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो । शौचालयमा गएपछि भेन्टिलेसन फोडेर फरार भएका थिए ।
पक्राउ परेका यादवमाथि कैदीबन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्