काठमाडाैं । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ ।
मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरोमा गएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यार्सागुम्बा टिप्न गएका सर्वसाधारण हिमपहिराेबाट प्रभावित भएको आशंका गरिएको छ ।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।





प्रतिक्रिया दिनुहोस्