Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


गाजासहित वडाध्यक्ष पक्राउ


663
Shares

मकवानपुर । मकवानपुर प्रहरीले २ सय २ केजी गाजासहित एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङलाई प्रहरीले २ सय २ केजी गाजासहित पक्राउ गरेको हो । वडा अध्यक्षसँगै भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा २७ केजी र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा १ सय ७५ केजी लागूऔषध गाजा फेला पारेको थियो।