Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


प्रकाश सपुत र देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक


1.8k
Shares

काठमाडौं । चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक भएको छ ।

बैशाख २९ गते रिलिज हुने यो चलचित्रको ‘जीवन कठै बरी’ बोलको गीतको भिडियोमा केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुले मार्मिकरुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ।

यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका छन्। पछिल्लो समय ‘सकम्बरी’ गीतबाट चर्चा र आलोचना समेटिरहेका सपुतको चलचित्र ‘हल्कारा’ मा समावेश रहेको गीत पनि उत्तिकै समयसान्दर्भिक रहेको छ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको छ ।

चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।