
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १८ । कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एकजनालाई सार्वजनिक गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–६, बछुरियाका हर्कबहादुर कुँवरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो ।
उनलाई आफन्तकोमा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार साँझ लम्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रहरीले उनलाई स्थानीय १४ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकीसमेत रहेका कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आफन्तले प्रहरीमा उजुरी दिनेबित्तिकै आरोपीलाई पक्राउ गर्न साधा पोसाकका प्रहरीलाई परिचालन गरिएको थियो ।
बलात्कारको प्रयास गर्ने पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिकामा बलात्कारको प्रयास गर्ने एकजनालाई पनि प्रहरीले सोमबारै सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–६, जालीमा स्थानीय १३ र १४ वर्षीया दुई बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्