 
	    काठमाडौं । स्पेनिश लिंग फुटबल ‘ला लिगा’ मा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनालाई गेटाफेले गोलरहित बराबरीमा रोकेको हो । गेटाफेको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग नगर्दा जित निकाल्न नसकेका हुन् ।
बराबरीसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २९ खेलबाट ७३ अंक पुर्याएको छ । दोस्रो स्थानको रियाल मड्रिड भन्दा बार्सिलोना ११ अंकले अगाडि रहेकाे छ ।
समान खेलबाट रियाल मड्रिडको ६२ अंक रहेको छ । ६० अंक जोडेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा रहेकाे छ ।
आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले अल्मेरियालाई २–१ ले पराजित गर्दा सेभियाले भ्यालेन्सीया माथि २–० को जित निकालेकाे थियाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्