३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बहुमूल्य जडीबुटी रतुवासहित पाँचजना ‘लुटेरा’ पक्राउ


0
Shares

काठमाडौं, असार ४ । प्रहरीले बहुमूल्य जडीबुटी रतुवासहित पाँचजना लुटेराहरुलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ९ जनाको लुटेरा समूहका पाँचजनालाई पक्राउ गरेको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–६ का दीपक आचार्यले ल्याएको ४५ किलो रतुवा लुटेको आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौं, शंकरापुर–१ का शिवबहादुर बस्ताकोटी, लमजुङ, राइनस–१० का माधवप्रसाद न्यौपाने, स्याङ्जाका कृष्णराज पुरी, चन्द्रकान्त पुरी र रुकुम, उत्तरगंगा–६ का गोविन्द मल्ल रहेका छन् ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले लुटेराहरुको साथबाट प्रतिकिलो १७ हजार रुपैयाँ बजार मूल्य रहेको जडीबुटी रतुवा ४५ किलो, ६ लाख रुपैयाँ नगद, साढे दुई तोलाको सुनको औंठी, तीन तोलाको सुनको सिक्रीलगायतका सामान बरामद गरिएको जानकारी दिए ।