काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएकाे छ ।
झडपमा परी ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
प्रहरी स्राेतका अनुसार झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्।
मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि भएकाे विवाद झडपमा परिणत भएकाे हाे।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको छ ।





प्रतिक्रिया दिनुहोस्