Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कार्य मूल्याङ्कन समिति गठन गर्ने कोशी प्रदेश सरकारको निर्णय


169
Shares

काठमाडाैं । कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने समेत निर्णय गरेको छ ।

बैठकले सङ्घबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग रु तीन अर्ब ४८ करोड ३६ लाख ५० हजार केन्द्र सरकारसँग माग गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । सो अवसरमा सरकारले प्रमुख सचिव डा दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ ।