स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१३ झलुङ्गे स्थित मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सहकारीले पहिले मानिस स्वस्थ्य हुनु पर्ने र त्यस पछि मात्रै धन कमाउन सकिन्छ भन्ने मान्यतालाई महत्व दिएर ग्रामीण क्षेत्रका सर्वसाधारणमा स्वास्थ्यको पहुँच पुर्याउने अभियान अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
भूपू सैनिक शान्ति प्रिय एकेडेमीमा भएको शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारीका जेष्ठ शेयर सदस्य धनश्याम पाठकले यतिबेला ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव भएको र जेष्ठनागरिकलाई हेरचाह गर्ने व्यक्तिको अभाव तथा आर्थिक समस्यालो स्वास्थ्य संस्थाम्म पुग्न नसक्नेहरुका लागि शिविर प्रभावकारी बनेको बताउनु भयो ।
सहकारीले यस क्षेत्रको मनोभावनालाई बुझेर जसले स्वास्थ्य उपचारका लागि बृद्वभत्ता बुझेर अस्पतालसम्म पुग्नु पर्ने समस्या छ अथवा आफूमा रहेको रोगलाई लुकाएर वर्षाैसम्म व्यक्त गर्न नसक्नेहरुका लागि समेत यस्ता शिविर फलदायी बन्ने बताउनु भयो ।
कार्यक्रममा सहकारीका वरिष्ठ उपाध्यक्ष एवम् बृहत निःशुल्क स्वास्थ्य शिविरका संयोजक प्रकाश डुम्रेले भन्नु भयो स्याङ्जाको पुतली बजार, वालिङ,गल्याङ,कालीगण्डकी लगायतका क्षेत्रमा प्रभावकारी स्वास्थ्यको पहुँच नहुदा छिमेकी जिल्ला कास्की, काठमाडाैं, पाल्पा र रुपन्देही जस्ता सहरमा जानु पर्ने बाध्यतालाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको बताउनु भयो ।
शिविरमा हाडजोर्नी, नसा तथा बाथरोग, महिला तथा स्त्रीरोग, छाला तथा यौनरोग एवम् प्रजनन स्वास्थ्य, सुगर, प्रेसर, दम रुघाखोकी सम्बन्धि उपचार तथा परामर्श, जनरल फिजिसियन तथा विभिन्न रोगहरुको परिक्षण साथै परामर्शमा शिविरमा ९ जना विशेषज्ञ सहितको डाक्टरले सेवा प्रवाह गर्नु भएकोमा महिला ३ सय ८७ (सत्तासी) र पुरुष २८५ गरी जम्मा ६७२ जना बिरामीहरुले सेवा लिनु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्