Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


नेफ्टा अध्यक्षमा गोविन्दराज पाण्डे निर्विरोध


0
Shares

काठमाडौं । फरेष्ट टेक्नीसियन्स् एसोसिएसन अफ नेपाल (नेफ्टा) को नवौं महाधिवेशनले गोविन्दराज पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नेफ्टाको सहअध्यक्षमा जवाहरलाल प्रसाद कुर्मी, रहेका छन् भने सात प्रदेश उपाध्यक्षहरूमा क्रमशः कमलदेव चौधरी, शशिन्द्र यादव, कृष्णप्रसाद अधिकारी, देवी पौडेल, गोकुल चौधरी, टेक रावल र पुर्णशंकर यादव रहेका छन् । 

त्यसैगरी महासचिवमा सुरेन्द्र अधिकारी चयन भएका छन् । सचिवहरूमा पनि क्रमशः अमरेन्द्रप्रसाद यादव, झखोरी साह, मो. इसराफिल राइन सुमित्रा केसी, शम्भु तामाङ, रणेन्द्र सिंह र शिव नारायण मण्डल रहेका छन् ।

त्यसैगरी सहकोषाध्यक्षमा अरुण तिवारी रहेका छन् भने सदस्यहरूमा रामाशंकरप्रसाद यादव, मनोज महत्तो, श्रीभगवनान सिंह, सत्यनारायण झा, आनन्द साह, देवनाथ साह, शंकर झा दीपक रेग्मी, रामध्यान साह, नरेश पूर्वे, जयप्रकाश गुप्ता, रामअवतार चौधरी, प्रमिला न्यौपाने, गणेश प्रसाद रिजाल, विनय कुमार झा, र दिनेशप्रसाद जयसवाल रहेका छन् ।

संस्थामा करिब ११ सय जना वन प्राविधिकहरू आजीवन सदस्यसहित करिब २ हजार भन्दा वढी सदस्य रहेका छन् ।