Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


नाट्टाको कार्यालयमा लगाइएको ताला खुल्यो


104
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही दिनदेखि लागेको तालाबन्दी खोलेको छ ।

नाट्टा कार्यसमितिको निर्णयबमोजिम स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खुलाइएको हो ।

तालाबन्दी खोलेर दैनिक प्रशासनिक काम सुचारु गरिएको नाट्टाले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकाले तालाबन्दी खोलीको संस्थाले उल्लेख गरेको छ ।

विभिन्न माग राखी संयुक्त पर्यटन ट्रेड युनियन फोरमले यही फागुन २६ गतेदेखि नाट्टाको नक्सालस्थित सचिवालयमा तालाबन्दी गरेको थियो ।

नाट्टा सचिवालयमा तालाबन्दीपश्चात् कार्यसमिति र ट्रेड युनियन फोरमका प्रतिनिधिबीच चार पटक वार्ता सम्पन्न भएको तर कुनै ठोस निष्कर्ष निस्कन नसकेको अवस्थामा वार्ता चलिरहने तर समस्या समाधानमा तत्परता नदेखाउने क्रम जारी रहँदा नाट्टाको क्यालेन्डरअनुसारका महत्त्वपूर्ण पर्यटन प्रवर्द्धनात्मक कार्य स्थगित भएको र पर्यटनबारे नकारात्मक सन्देश प्रवाह हुने भएकाले तालाबन्दी खोलिएको विज्ञप्तिमा उल्लेख छ ।