 
	    एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ ।
टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोपोलको बुधबार आफ्नै निवासमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएको कारण उनको निधन भएको हो ।
टोपोलको निधनमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले एक विज्ञप्ति मार्फत शोक व्यक्त गरेका थिए । टोपोललाई प्रतिभाशाली व्यक्तिको रूपमा वर्णन गर्दै उनले इजरायलमा मात्र नभएर टोपोल अन्य देशहरूमा पनि प्रसिद्ध भएको बताए ।
टोपोल ‘फिडलर अन द रूफ’ मा मिल्कम्यानको भूमिकाको लागि परिचित थिए । यससँगै उनले धेरै फिल्ममा पनि काम गरेका थिए । सन् १९७१ मा टोपोलले एक यहूदी बुबाको भूमिका निभाएका थिए । जसको लागि उनलाई सर्वश्रेष्ठ अभिनेताको लागि गोल्डेन ग्लोब पुरस्कार प्रदान गरिएको थियो ।
योसँगै टोपोलले उत्कृष्ट अभिनेताको ओस्कार पनि जितेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्