Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अर्घाखाँचीमा एक महिनामा ४७ ट्रिपर परे कारवाहीमा


221
Shares

अर्घाखाँची । अर्घाखाँचीमा करिव एक महिनाको अवधीमा ४७ वटा ट्रिपर कारवाहीमा परेका छन ।

जिल्लाको मुख्य सन्धिखर्क–गोरुसिंगे सडकमा क्षमता भन्दा बढी भार बोकेका र छिटो कुदाउन ट्रिपरहरुलाई कारवाहीमा परेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

शितगंगा नगरपालिको ठाडामा रहेको चेकपोष्टमा चेकजाँच गर्दा क्षमता भन्दा बढी चुनढुङ्गा लिएका ट्रिपरहरु कारवाही गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताउँनुभयो ।

ट्रिपरहरुलाई ढुङ्गा झार्न लगाईएको, त्रिपालले ढाक्न लगाईएको र पटक पटक सम्झाउँदा समेत क्षमताभन्दा बढी ढुङ्गा बोक्ने टिप्परहरुलाई कारवाही स्वरुप १० ट्रिपरहरुलाई १० हजार जरिवाना तिराईएको रेग्मीले बताउनुभयो ।

यस्तै अन्य ३७ लाई विभिन्न किसिमको कारबाही गरिएको बताउनुभयो । सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७, खाँचीकोटबाट चुनढुंगा उत्खनन् गरेर कपिलवस्तु लैजाने गरिएको छ।

फराकिलो सडक नहुँदा जोखिमपुर्ण यात्रा गर्न बाध्य यात्रुहरु ट्रिपरको आतंकले थप असुरक्षित महसुस गरिरहेका स्थानीय सन्धिखर्ककी एलिना न्यौपानेको भनाइ छ ।