२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सर्लाहीको लक्ष्मी मन्दिरमा भ्यान्टाको भार चढाउनेको भीड


637
Shares

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा शनिबार भक्तजनहरुको भीड लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भ्यान्टाको भार तथा धानको मट्का चढाउनका लागि हजारौं भक्तजनहरुको भीड लागेको हो । छालारोग निको हुने विश्वासका साथ हरेक शिवरात्रिमा यस मन्दिरमा भ्यान्टाको भार चढाउने प्रचलन रहेकाे छ ।

त्यस्तै चिताएको कुरा पूरा हुने जनविश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का चढाउने गर्दछन् । मन्दिर परिसर भक्तजनले चढाएको भ्यान्टाको भार र धानको मट्काले भरिभराउ बनेको छ ।

भक्तजनको भीडलाई व्यवस्थापन गर्नका लागि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकलाई व्यवस्थापन गर्न समेत भ्याई-नभ्याई छ । शिवरात्रिका दिनदेखि यहाँ मेला समेत लाग्ने गर्दछ।