१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


नगद लुटपाट गरी हत्या गरेकाे आराेपमा एक जना पक्राउ


91
Shares

काठमाडौं । नगद लुटपाट गरी हत्या गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मोरङका ३२ वर्षीय रामबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा थापालाई पक्राउ गरेको हाे । मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्यामा थापाको संलग्नता रहेकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

थापाले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरले जनाएकाे छ । प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का रहेका छन् ।

थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।