Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र


351
Shares

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र बनेको छ ।

नेपालमा गत वर्षको चैत १८ गते प्रदर्शन पश्चात् विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागिता जनाएको फिल्मले अहिलेसम्म ८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशित उक्त चलचित्रले भारतको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभल, रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डस्, ब्ल्याक स्वान इन्टरनेशनल फिल्म फेस्टिभल, गोल्डेन फर्न फिल्म अवार्डस्, जयसालमेर इन्टरनेशनल फिल्म फेस्टिभलसँगै फिल्मले सिंगापुरको वर्ल्ड फिल्म कार्निभल र अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ ।

विक्रम डि जोशीद्वारा निर्मित यस चलचित्रमा जोशीसँगै प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सन बिक्रम राईलगायतको अभिनय रहेको छ ।

चलचित्रको युके तथा नेपालमा छायांकन भएको थियो ।