Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


बागलुङमा एक पुरुषले गरे आत्मदाहकाे प्रयास


2.8k
Shares

बागलुङ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आत्मदाहको प्रयास गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन।