Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


माइकल ज्याक्सनको बायोपिकमा जाफरले भूमिका निर्वाह गर्ने


0
Shares

एजेन्सी । माइकल ज्याक्सनको बायोपिक बन्ने भएको छ । उक्त बायोपिकमा माइकलको भूमिका निर्वाह जाफर ज्याक्सनले गर्ने भएका छन् ।

अमेरिकाको चर्चित गाएक एवं नर्तक माइकलले आफ्नो नृत्य र गीतले सबैलाई चकित पारेका थिए । उनको यस्तै, गुणका कारण विश्वले उनलाई चिनेको छ । अब माइकलको जीवनमा फिल्म बन्न लागेको छ । उक्त फिल्ममा जाफरले माइकलको भूमिका निर्वाह गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार किंग अफ पप भनेर चिनिने माइकलको बायोपिकमा अरु कसैले नभई उनका २६ वर्षीय भतिजा जाफरले उनको भूमिका निर्वाह गर्ने छन्।

एन्टोइन फुक्वा निर्देशित बायोपिक ‘माइकल’मा जाफरलाई किंग अफ पपको भूमिकामा राखिएको छ । लायन्स गेटले सोमबार माइकल ज्याक्सनको कास्टिङ घोषणा गरेका थियो। उक्त बायोपिकलाई ग्राहम किङले निर्माण गर्ने छन् ।

विश्वव्यापी खोजी पछि पनि माइकलको भूमिका निर्वाह गर्ने जाफर मात्र भएको भन्दै निर्देशक एन्टोइनले बताएका छन् ।