
काठमाडौं । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएकाे छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन नै भएको हो ।
प्रतिक्रिया दिनुहोस्