Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


पोखरा विमान दुर्घटना: वेपत्ता यात्रुको खोजी कार्य जारी


286
Shares

काठमाडाैं । नेपाली सेनाले कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी वेपत्ता भएका एक जनाको खोजी कार्य जारी रहेको जनाएको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेका मध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभएको हो ।

चालक दलका ४ जनासहित ७२ जना यात्रु बोकेर काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरलाइन्सको विमान यहि माघ १ गते पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो ।

साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्स लगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । विमान दुर्घटनाको खबर प्राप्त हुन साथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।