Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


राैतहटमा मुस्लिम समुदायद्वारा खानेपानी मन्त्रीकाे भव्य स्वागत


572
Shares

काठमाडाैं । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे फटक राैतहट पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ ।

राैतहटका मुस्लिम समुदायले खानेपानी मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । चन्द्रनिगाहपुर र राजपुरमा मुस्लिम माैलाना तथा अगुवाहरुहरुले मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । साेही क्रममा मन्त्री खानंले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउनेछु ।”

उहाँले तराईदेखि हिमालसम्म देखिएकाे खानेपानी समस्यालाई समाधान गर्न दिनरात लागि पर्ने बताउनु भयाे । स्वागत कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई उच्च सम्मानले हेरिएकाे थियाे । त्यस्तै गरुडामा जनमत पार्टीको कार्यकर्ताहरुले पनि मन्त्री खानंकाे भव्य स्वागत गरेका थिए ।